0२क. (१) प्रत्येक व्यक्तिलाई छुवाछूत तथा भेदभाव विरुद्धको अधिकार हुनेछ।
(२) उपदफा (१) बमोजिम प्रत्येक व्यक्तिलाई देहायको अधिकार प्राप्त हुनेछः-
(क) अदालत वा अन्य न्यायिक निकायबाट समान व्यवहार पाउने अधिकार,
(ख) कुनै सरकारी निकायबाट उपलब्ध गराइने सेवा तथा सुविधामा समान संरक्षणको अधिकार,
(ग) सार्वजनिक सेवामा समान पहुँचको अधिकार,
(घ) नेपालभित्र र बाहिर आवत जावत र बसोवास गर्न पाउने अधिकार,
(ङ) सांस्कृतिक कृयाकलापमा समान सहभागिताको अधिकार,
(च) विवाह गर्ने तथा बरबधु छान्ने अधिकार,
(छ) शान्तिपूर्वक भेला हुन तथा सङ्गठन गर्न पाउने अधिकार,
(ज) रोजगारी छनौट गर्न तथा काम गर्न पाउने अधिकार,
(झ) समान काम गरे बापत समान तलब पाउने अधिकार,
(ञ) सार्वजनिक स्थानमा समान पहुँचको अधिकार,
(ट) छुवाछूत तथा भेदभाव विरुद्ध शीघ्र न्यायिक उपचार र उचित क्षतिपूर्ति पाउने अधिकार।
0 पहिलो संशोधनद्वारा थप ।